+
+

हेटौंडा उपमहानगरको गेटमा व्यवसायीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १२:१३

३० साउन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित भएका छन् ।

हेटौंडा बजारमा विरोध र्‍याली निकाल्दै व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ताको मागसहित हेटौंडा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका हुन् ।

धर्नासहितका आन्दोलनमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका व्यवसायिक संस्थाले एक्यवद्धता जनाएका छन् ।

गत आइतबार कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको थियो । व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ता लिनुपर्ने एक सुत्रीय माग अघि सारेका छन् ।

कोण सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष कृष्ण गुप्ताले आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई ढाड सेक्ने गरी गरिएको कर वृद्धि स्वीकार नहुने बताए ।

विज्ञापान करसहितका अन्य करको दरमा १५० प्रतिशतसम्म बढाएको भन्दै उनले निर्णय खारेज नगरेसम्म आन्दोलनमा होमिने उनले चेतावनी दिए ।

व्यवसायीहरुले मंगलबार बागमती प्रदेशा मुख्यमन्त्री बहादुरसिं लामा, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलगायत जिल्लास्थित राजनीतिक दललाई उपमहानगरले कर वृद्धि गरेको विषयमा ध्यानाकर्षण गराएका थिए ।

७ असारमा भएको उपमहानगरको १५औं नगर सभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो ।

व्यवसायीहरुले बिहीबार पनि हेटौंडा उपमहानगरपालिकामा धर्ना दिने र नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने कार्यक्रम तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?