+
+

सनिशा भट्टराईले साइन गरिन् ‘नरसिंहा अवतार’, राजेश हमालसँग जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १२:१२

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराई ‘नरसिंहा अवतार’मा अनुबन्धित भएकी छन् । दिवाकर भट्टराईले निर्देशन गर्ने यो एक्सन तथा सोसल ड्रामामा सनिशालाई शीर्षमध्येको एक भूमिकामा देख्न पाइने भएको छ ।

‘उहाँलाई लिड रोलमध्येको एक भूमिकामा देख्न पाइनेछ,’ निर्देशक भट्टराईले अनलाइनखबरसँग भने । यसअघि यो फिल्ममा राजेश हमाल र नीति शाह अनुबन्धित भएका छन् । हमालको अपोजिटमा दुई अभिनेत्री हुने र तीमध्ये एक रोलमा सनिशा कास्ट भएको जनाइएको छ ।

भदौ अन्त्यदेखि छायांकन हुने फिल्म राजेशको कमब्याक फिल्म समेत हुनेछ । यो फिल्मलाई लिएर आफू उत्साहित भएको जानकारी सनिशाले दिइन् ।

उनको यो दोस्रो फिचर फिल्म हुनेछ । उनको डेब्यु कथानक ‘१२ गाउँ’ दशैंको फूलपातीका दिन रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?