+
+

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १३:०५
मुख्यमन्त्री कमलबहादुर शाह ।

३० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

संसदीय दलको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।

२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार (आज) दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दिउँसो २ बजे बैठक बोलाएको छ ।

प्रमुख सचेतक बिक्रम धामीले बैठक प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने जानकारी दिए । विश्वासको मतबारे निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक पनि जारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न दिउँसो २ बजे बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?