+
+

सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नाउपाको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १४:४६

३० साउन, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो ।

संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप जारी गरिएको जानकारी दिए ।

दलको बैठकमा प्रदेश सभा सदस्य कैलाश चौधरी र खुसिराम डगौरा थारू भने सहभागी थिएनन् ।

नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ निकट मानिने दुवै जना सहभागी नभएपछि उनीहरू विश्वासको मत प्रक्रियामा सहभागी हुने/नहुने कुरा प्रष्ट भएको छैन ।

प्रदेश सभा सदस्य कैलाश चौधरीले भने प्रदेश सभाको बैठकमा सहभागी हुने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?