+
+

दलहरुले पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १५:३५

३० साउन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेका पूर्वराजालाई दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् ।

राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ संकेत गरेका हुन् ।

बुधबार टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिएका लिङ्देनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुंगिएको बताए । सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि भएको भन्दै उनले भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’

आ–आफ्नो राजनीतिक दर्शन तथा मान्यताहरु हुने भन्दै उनले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने राजाको योगदान छैन ? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो ।’

आफूले बहुमत पाउनेबित्तिकै सबै बिर्सिएर अगाडि बढ्दा दुर्घटना हुने लिङ्देनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?