+

१०औं राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

२०८१ साउन  ३० गते १६:३६ २०८१ साउन ३० गते १६:३६
१०औं राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

३० साउन, काठमाडौं। कर्णालीको सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुंगो लगाएको हो ।

कार्यविधिमा खेलाडी, प्रशिक्षक,अफिसियल र रेफ्रिको पोशाक, खेल सामाग्री,व्यवस्थपकीय पक्ष, १०औं राष्ट्रिय खेलकुदमा लागु हुने नीति नियमको बारेमा छलफल गरिएको हो ।

यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्ने समेत गर्नेछ ।

कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो । यसै अनुसार बजेटको खाका बनाउनु पर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ ।

आउँदै गरेको १० औं राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ। जसले गर्दा कार्यविधि तयार गरिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

राष्ट्रिय खेलकुद १०औं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय