+
+

२ जना नक्कली प्रहरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १६:५७

३० साउन, काठमाडौं । दुई नक्कली प्रहरी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईडीको प्रहरी बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोलका २६ वर्षीय सरोज थापा छन् ।

उनीहरुले सादा पोशाकको सीआईडीको प्रहरी भन्दै सर्वसधारणलाई दुख हैरानी दिने शरीर खानतलासी समेत गर्ने गरेको पाइएको कास्की प्रहरीका प्रमुख मोहनकुमार थापाले बताए । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?