+
+

अस्कर कलेजले फिल्म र सिरिज निर्माण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:३१

काठमाडौं । फिल्मको औपचारिक पठनपाठन सञ्चालन गर्दै आएको ओस्कार कलेजले फिल्म तथा सिरिज निर्माण गर्ने भएको छ । कलेजको २० औं वार्षिकोत्सवको अवसरमा कलेज प्रमुख तथा निर्देशक रामराजा दाहालले कलेजका वर्तमान तथा दीक्षित दुवै विद्यार्थीलाई लक्षित गरी फिल्म निर्माण गर्न लागिएको घोषणा गरे ।

उनले भने, ‘विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुन्छ । त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत साधन उपलब्ध गराउने छ ।’

समारोहमा कलेजका संस्थापक नीर शाहले कलेजले दुई दशक लामो प्राज्ञिक यात्रा पार गरेको अवसरमा खुसी तथा गर्व लागेको बताए । उनले भने, ‘नेपाली सिनेमाको प्राज्ञिक तथा बौद्धिक कुरा आउँदा अस्कर कलेजको नाम छुटाउनै नहुने रुपमा स्थापित भइसकेको छ ।’

आफू सधैं अस्कर कलेजको शुभेच्छुक रहेको भन्दै उनले भविष्यमा पनि नयाँ पुस्ताका विद्यार्थीहरुलाई लाभ हुने काम गर्न पछि नपर्ने बताए ।

कलेजका सञ्चालक समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीको उपस्थितिमा भएको वार्षिकोत्सव समारोहको अवसरमा १३ औं ब्याचका विद्यार्थीलाई बिदाइ र सत्रौं र अठारौं ब्याचका विद्यार्थीलाई स्वागत गरियो । कार्यक्रममा पूर्व तथा वर्तमान विद्यार्थीले नृत्य, गायन तथा कविता वाचन आदि प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?