+
+

सौगात र प्रदीपसँगको फोटो सेयर गर्दै कृषाले सोधिन्- को हुन् पीताम्बर ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:४१

काठमाडौं । निर्देशक कृषा चौलागाईंलाई एक्सन फिल्म ‘पीताम्बर’ छायांकनको चटारोमा छ । दोस्रो सेड्युलको छायांकनमा निस्कनुअघि कलाकार अभिनय र चरित्र निर्माणको शैली सिकिरहेका छन् ।

कृषाको लागि यो ‘ड्रीम प्रोजेक्ट’ पनि हो । महिलाले एक्सन फिल्म निर्देशन गर्न सक्दैनन् भन्ने भाष्यलाई चिर्ने प्रयास उनको हुनेछ । महंगो बजेटमा ‘पीताम्बर’को निर्माण हुँदैछ ।

अर्को चरणको छायांकन सुरु गर्ने तयारीमा जुटेको बेला निर्देशक चौलागाईंले फेसबुकमार्फत अभिनेताद्वय प्रदीप खड्का र सौगात मल्लसँगको तस्वीर सेयर गर्दै प्रश्न सोधेकी छन्– पीताम्बर को हो ?

उनले फिल्मको लिड रोल अर्थात् पीताम्बरमा कसले अभिनय गर्दैछ भनेर प्रशंसकलाई कौतुहलता जगाउन खोजेकी छन् । तस्वीरमा बसेकी कृषाको दायाँबायाँ सौगात र प्रदीप उभिएका छन् । फिल्मको शीर्ष पात्र पीताम्बरको रोलमा कसले अभिनय गर्दैछ भनेर मेकरले केही खुलाएका छैनन् । कृषा यो रहस्यलाई कम्तीमा ट्रेलरसम्म लुकाउन चाहन्छिन् ।

यो एक्सन ड्रामामा आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीको पनि अभिनय छ । पहिलो सेड्युल नवलपरासीको त्रिवेणी धाममा गरिएको थियो ।

दोस्रो सेड्युलमा सौगात र प्रदीप जोडिनेछन् । केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग निर्माणमा सहकार्य गरेको छ । प्रधान छायांकार पनि हुन् । निर्मातामा विशाल चौलागाईं छन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्मको बजेट ५ करोड भनिएको छ । यसअघि चौलागाईंले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?