+

निरूता ठगुन्ना सहायक हवल्दारमा बढुवा

२०८१ साउन  ३० गते १७:४७ २०८१ साउन ३० गते १७:४७
निरूता ठगुन्ना सहायक हवल्दारमा बढुवा

३० साउन, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । उनी एपीएफमा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् ।

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।

२०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर सिपाही बनेकी निरुताले उत्कृष्ट खेल प्रदर्शन गर्दै बढुवा पाएकी हुन् ।
त्यसअघि उनले ३ वर्ष त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन् ।

यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।

एपीएफका तीन महिला भलिबल खेलाडी सम्‍मानित

यस्तै ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्‍मान गरिएको छ ।

सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरको भन्‍दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो ।

काभा वुमन्स च्यालेन्ज कप निरूता ठगुन्ना भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय