+
+

‘स्त्री २’ ले भारतमा ४० करोडको ओपनिङ गर्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:५९

काठमाडौं । अग्रिम टिकट बिक्रीको ट्रेन्डलाई हेर्दा श्रद्धा कपुर र राजकुमार राव स्टारर ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।

पिंकभिल्लाका अनुसार बुधबार बेलुका ४ बजेसम्म भारतीय स्वतन्त्रता दिवसको दिनका लागि यो फिल्मका २.८७ लाख टिकट बिक्री भएका छन् । सोही दिनको रातिको लागि पेड प्रिभ्युमा ८७ हजार टिकट बिकेका छन् ।

‘स्त्री २’ को समग्र अग्रिम टिकट बिक्री ३.७४ लाख छ । यो फिल्म ४.७५ लाखदेखि ५ लाखको दायरामा अग्रिम टिकट बिक्रीतर्फ उन्मुख छ । स्वन्त्रता दिवसको एड्भान्स टिकट बिक्रीमा ‘स्त्री २’ ले ‘गदर २’ (२.७४ लाख) र ‘मिसन मंगल’ (२.७१ लाख)लाई पनि उछिनेको छ ।

बुधबार बेलुका ६ बजेसम्म ‘स्त्री २’ को अग्रिम टिकट बिक्रीले ब्रह्मास्त्र, दंगल, टाइगर, सुल्तान र भारतलाई पनि उछिन्ने जनाइएको छ । मध्यरातसम्म ‘प्रेम रतन धन पायो र ‘ठग्स अफ हिन्दुस्तान’लाई पनि उछिन्ने उल्लेख छ ।

यो फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिनमा ४० करोड भारु भन्दा बढीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । पेड प्रिभ्युलाई जोड्दा यो संख्यामा अझै वृद्धि हुने जनाइएको छ ।

तर फिल्मले ५० करोडको आँकडा छुने सम्भावना भने छैन किनभने सोही मितिमा अन्य फिल्म पनि रिलिज हुँदैछन् । मुम्बई र पुनापछि उत्तरी भारतमा फिल्मको एड्भान्स टिकट बिक्री आक्रामक छ । तर शुक्रबार नै प्रदर्शन तयारीमा रहेको ‘खेल खेल में’ र ‘वेदा’को एड्भान्स टिकट बिक्री भने न्यून छ ।

नेपालका हलले पनि यी तीनै फिल्मको एड्भान्स टिकट बिक्री थालेका छन् । शुक्रबार नै पुनः प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘बुलाकी’को पनि अग्रिम टिकट बिक्री सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?