+
+

गहना खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १८:०९

३० साउन, काठमाडौं। सुनका गरगहना खरिद गर्ने बहाना बनाएर चोरी गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर पुल्चोकका ५२ वर्षीया लिना नकर्मी र भारत घर भई न्यूरोडमा जगन्नाथ ज्वेलर्स सञ्चालन गर्दै आएका ५२ वर्षीय चित्र रन्जन रहेका छन् ।

२५ साउन दिउँसो साढे १ बजेतिर न्यूरोडस्थित नारायण ज्वेलर्समा गहना खरिद गर्ने बहाना बनाएर नकर्मीले चोरी गरेर फरार भएको आरोप छ । खरिद गर्ने बहानामा २ तोला २० लालको सिक्री लिएर उनी फरार भएकी थिइन् । नकर्मीलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुल्चोकबाट पक्राउ गरेको हो ।

चोरी गरेको उक्त जहना न्यूरोडस्थित जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई बचेको बताएपछि हजारालाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

अनुसन्धानका क्रममा यसअघि पनि नकर्मीले सुनका गरगहना चोरी गरेर हजारालाई नै १७ ग्रामको सुनको सिक्री बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

नकर्मीबाट प्रहरीले दुई तोलाको सुनको सिक्री पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?