+
+

सर्लाहीमा बालिका उद्दार गर्न जाँदा खोलामा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १८:०९

३० साउन, जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएका बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार स्थानीय अजय गिरीका १२ वर्षीया छोरी निशाकुमारी र १५ वर्षकी पिंकीकुमारीलाई खोलाले बगाएको थियो । घाँस काट्न जाने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

त्यस क्रममा उद्दार गर्नका लागि स्थानीय गजेन्द्र साह खोलामा पसेका थिए । तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदी बहिनीमध्ये १५ वर्षकी पिंकीकुमारी पौडी खेलेर बाहिर निस्केको र निशाकुमारी बेपत्ता रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

गजेन्द्रको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ भने बेपत्ता निशाकुमारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?