+
+

‘जेद्दा सिजन’मा सहभागी हुन साउदी उडे केकी र रीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १८:१५

काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा साउदी अरबले आयोजना गरेको जेद्दा सिजनमा सहभागी हुन बुधबार बेलुका त्यसतर्फ प्रस्थान गरेका छन् ।

बुधबार बेलुका त्यसतर्फ प्रस्थान गर्नुअघि रीमा र केकीले त्यहाँ आफ्नो प्रस्तुतिको योजनाबारे मिडियासँग कुराकानी गरे । १६ अगस्टमा नेपाली टोलीले त्यहाँ दुई घण्टा प्रस्तुति दिने कार्यक्रम छ ।

केकीले आफ्नो सुपरहिट फिल्म ‘बोक्सीको घर’को हिट गीत ‘बुझिनँ मैले’मा नृत्य प्रस्तुति दिनेछिन् र एउटा छोटो नाटक प्रस्तुत गर्नेछिन् । रीमाले कार्यक्रम होस्ट गर्नेछिन् ।

साउदीले आयोजना गरेको यो समारोहमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूहरुलाई खुसी लागेको दुवै जनाले बताए । केकीसँग केही कोरस डान्सर पनि सँगै छन् ।

जेद्दा सिजनमा सहगागी हुन गायक प्रमोद खरेल र उनको ब्याण्ड परम्परा पनि आजै त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ हुने कल्चरल कन्सर्टमा नेपालसहित आठ एसियाली मुलुकका कलाकारले संस्कृति झल्किने सांगीतिक प्रस्तुति दिंदैछन् । प्रमोदले पनि नेपाली संस्कृति झल्कने गीतसंगीत प्रस्तुत गर्नेछन् ।

साउदी सरकारले पर्यटन, मनोरञ्जन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्षेनी ‘जेद्दा सिजन’को आयोजना गर्छ । यस वर्षको संस्करणमा एसियाली मुलुकलाई लक्षित गर्दै ‘कल्चरल ओडिसी’ कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?