+
+

सरकारलाई प्रभु साहको प्रश्न : लोकतन्त्र कहाँ छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १९:४४

३० साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संक्रमणकालिन न्यायसम्बन्धीको इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी विद्येयक ढिलै भए पनि आएको उल्लेख गर्दै स्वगात गरे । ‘म स्वागत गर्न चाहन्छु र, यसको इमानदारितापूर्वक कार्यान्वयन होस भनेर माग गर्न चाहन्छु’ उनले भने ।

यदि सरकारमा रहनेहरुले आफूलाई शान्ति पक्षधर ठान्ने भए समाजमा रहेको विभेद हटाउन इमानदार हुनुपर्ने उनले बताए । पछिल्लो समय देशमा लोकतन्त्र नभएको पनि उनले टिप्पणी गरे ।

‘अहिले देशमा लोकतन्त्र कहाँ छ ? नेपाली जनताले त लोकतन्त्रको लागि लडेका थिए । आज जनताको पोजिशन के छ ?’ उनले प्रश्न गरे ।

लोकतन्त्रलाई पार्टीका नेताहरुले दलीय शासन बनाईदिएको उनको टिप्पणी छ । अगाडि भन्छन्, ‘लोकतन्त्रलाई दलतन्त्र बनाईदियौं । अहिले ठूला दल त यसलाई पनि मास्न प्रयासरत छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?