+
+

१४ उपसचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते २०:३७

३० साउन, काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा भएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा भएका छन् ।

राष्ट्रिय महिला आयोगका माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेका छन् । ऊर्जा मन्त्रालयका उपसचिव हेमराज भुसाललाई राष्ट्रिय महिला आयोगमा पठाइएको छ ।

महिला, बालबालिका मन्त्रालयकी उपसचिव नीता शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

वन तथा वातावरण मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काजमा रहेका रत्नेश शशीलाई महिला बालबालिका मन्त्रीको सचिवालयमा सरुवा गरिएको छ ।

उपसचिव रविन ढकाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेका छन् । संघीय मामिलाको अतिरिक्तमै रहेका रामहरी पाण्डे राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । फणिन्द्रप्रसाद पौडेलको रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा कामकाजमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत कार्यरत ईश्वरीराज ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै सरुवा भएको छ ।

उपसचिव सुरेशराज जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाईं गृह मन्त्रालयमा पुगेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छविलाल पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?