+
+

जसपा नेपालले नेताहरुलाई चार महिने अभियानमा खटायो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते २१:०४

३० साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरुलाई चार महिने अभियानमा खटाएको छ । बुधबार सकिएको केन्द्रीय समितिको बैठकले पाँच लाख क्रियाशील सदस्य पुर्‍याउने लक्ष्यका साथ चार महिने जनअभियान घोषणा गरेको छ ।

हरेक केन्द्रीय सदस्यका लागि अभियान्ताका रुपमा खटाएको छ । ‘घर तथा क्षेत्रपायक पर्ने गरी कार्यविभाजन गरिएको छ’ नेता मनिष सुमनले भने, ‘अभियानका क्रममा वडादेखि नै कमिटी गठन, पुनर्गठन हुनेछ । प्रशिक्षण गरेर पार्टीको नीतिबारे जानकारी गराइनेछ ।’

मंसिर मसान्तसम्म चल्ने अभियानको ९ भदौमा पार्टी अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

जेठ अन्तिममा जनकपुरमा भएको महाधिवेशनले यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । केन्द्रीय सदस्य र पदाधिकारी छनोटको अधिकार आफैंले लिएर काठमाडौं आएका यादवले एक महिनापछि २१५ जना सदस्य र ९ जना कार्यकारिणी सदस्य चयन गरे ।

त्यसको अर्को महिना केन्द्रीय समिति बैठक राखेका उनले पदाधिकारीको लिस्ट पेश गर्न सकेनन् । सहअध्यक्ष, महासचिव लगायतका प्रमुख पदका आकांक्षीहरुबीच सहमति जुटाउन नसकेको नेताहरु बताउँछन् । ‘यसबारे निर्णय गर्ने अधिकार हामीलाई अध्यक्षलाई दिएका छौं । उहाँले छिट्टै गर्छु भन्नु भएको छ’, एक केन्द्रीय सदस्य भन्छन् ।

बैठकले अध्यक्ष यादवले बुँदागत रुपमा राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गरेका थिए, जुन सुझावसहित पास भएको छ ।

राजनीतिक प्रस्तावमा यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी, समावेशी एवं समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित राज्यको संरचनाका लागि संविधाव संशोधनको माग अगाडि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?