+

कर्पोरेट क्रिकेट लिगमा २० टोलीले प्रतिस्पर्धा गर्ने

२०८१ साउन  ३० गते २१:१२ २०८१ साउन ३० गते २१:१२
कर्पोरेट क्रिकेट लिगमा २० टोलीले प्रतिस्पर्धा गर्ने

३० साउन, काठमाडौं । भेट्रान्स ४० को आयोजनामा हुने गोदावरी स्टिल्स कर्पोरेट क्रिकेट लिगमा २० टोद्यीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता २० टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा ५-५ टोली छन् ।

प्रतियोगिता ललितपुरको ग्रेट हिमालय क्रिकेट एकेडेमी इन्डोर क्रिकेटमा भदौ १ गतेदेखि सुरु हुनेछ ।

समूह एमा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, आइएमइ ग्रुप, प्रभु बैंक, सलिको रहेका छन् । समूह बीमा जगदम्बा ग्रुप, एनआइसी एसिया, युनाइटेड अजोड, लुम्बिनी विकास बैंक, क्लाउड फ्याक्ट्री छन् ।

समूह सीमा आइसीएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा इन्स्योरेन्स, क्विस्ट फर्मा, नेपाल एसबीआई बैंक र समूह डीमा केआईईसी, राष्ट्रिय वाणिज्य बैंक, प्राईम बैंक, अम्बे ग्रुप र कर्मचारी सञ्चय कोष सहभागी रहेको कम्पनी सचिव अनिल बर्तौलाले बताए ।

बुधबारको पत्रकार सम्मेलनमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर तथा बलरलाई थाइल्याण्ड टूरको प्याकेज दिने घोषणा गरिएको छ ।

प्रतियोगिताको कूल बजेट २८ लाख ७४ हजार रहेको आयोजकले जनाएको छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय