+
+

‘युवाहरुको देश हो यो, युवाले नै बनाउँछन्’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते ८:५२

३१ साउन, काठमाडौं । राष्ट्रिय युवा परिषदले २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘राष्ट्रिय युवा गीत’ सार्वजनिक गरेको छ ।

परिषदको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा ‘युवाहरुको देश हो यो, युवाले नै बनाउँछन्’ जस्ता शब्द छन् ।

यसले युवाहरुमा सकारात्मक उत्प्रेरणा र ऊर्जा प्रदान गर्ने युवा गीतका परिकल्पनाकार एवम्  परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

गीतमा धीरज नाथको शब्द र राजा राजेन्द्र पोखरेलको संगीत छ । गीतमा रचना रिमाल, रवि ओड, राजा राजेन्द्र पोखरेल, विश्व नेपाली, टंक बुढाथोकी र टिका प्रसाईंको स्वर छ । म्युजिक भिडियोको निर्देशन प्रेम थापाले गरेका छन् ।

युवा गीतको म्युजिक भिडियोमा विभिन्न दल सम्वद्ध युवा सांसदहरु, विभिन्न दल सम्वद्ध युवा तथा विद्यार्थी संघसंगठनका नेताहरु, कलाकार तथा युवा अभियन्ताहरुलाई देख्न सकिन्छ । भिडियोमा कला, साहित्य, खेलकुद क्षेत्रका व्यक्तित्वहरुलाई पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?