+
+

सुनसरीको तरहरामा फुटसल प्रतियोगिता, २६ टिम सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते ११:४३

काठमाडौं । सुनसरीको तरहरामा बिहीबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । इटहरी उपमहानगरपालिका-२० स्थित तरहरामा हुने दुईदिने प्रतियोगितामा सुनसरी, मोरङ, झापा, काठमाडौं लगायत जिल्लाका २६ टिम सहभागी छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक मर्निङ फुटसल क्लब, तरहराले खेलको माध्यमबाट ठाउँको प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाएको छ ।

स्वास्थ्यप्रति सचेतना अपनाउँदै स्थानीय युवाहरूलाई कुलतमुक्त बनाउनका निम्ति पनि प्रतियोगिताले भूमिका खेल्ने आयोजक कमिटीका अध्यक्ष चन्द्राकाजी गुरुङले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए । यसैगरी दोस्रो हुने टिमले ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले पाँच हजार रुपैयाँ नगद सहित मेडल प्राप्त गर्नेछन् ।

संयोजक श्रेष्ठका अनुसार प्रतियोगिताबाट बचत भएको रकमले तरहराको पानीपियास्थित शव दाहगृह नजिकै खानेपानीको धारा जडान गर्ने लक्ष्य छ ।

‘फुटसल प्रतियोगिताबाट बचेको रकमले एक लाख बराबरको धारा जडान गर्ने लक्ष्य लिएका छौं,’ श्रेष्ठले भने, ‘धारा जडानपछि मलामीका लागि धेरै सहज हुनेछ । इटहरी-धरान यात्रा गर्नेहरूलाई पनि उक्त धाराले पानीका लागि सहज बनाउनेछ ।’

यसअघि तरहरामा वडास्तरीय प्रतियोगिता भएपनि यस वर्ष राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको श्रेष्ठले बताए । प्रतियोगितामा तीन लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

साथै,फुटसल प्रतियोगिताको अवसर पारेर खेलकुदको माध्यमबाट तरहरालाई देशव्यापी रूपमा चिनाउन भूमिका खेल्ने खेलाडीहरूलाई सम्मान समेत गरिने जनाइएको छ । प्रतियोगता शुक्रबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?