+
+

यस्तो देखियो ‘कार्साङ’मा दयाहाङको ‘क्यारेक्टर लुक्स’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते ११:५७

काठमाडौं । अभिनेता दयाहाङ राई यतिबेला सिन्धुपाल्चोकमा फिल्म ‘कार्साङ’को छायांकनमा व्यस्त छन् । सेटबाट शीर्ष दुई कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ, जसमा दयाहाङसहित अभिनेत्री सिर्जना निङ्लेखु देखिएका छन् ।

तस्वीरमा दयाहाङ रैथाने चरित्रमा छन् । सिर्जना र दयाहाङले फिल्ममा जोडीको भूमिका निर्वाह गरेका छन् । यसअघि ‘कबड्डी’का चारै श्रृंखला, जारी, मनसरा र घरज्वाइँमा विभिन्न समुदायको चरित्र चित्रण गरेका दयाहाङले ‘कार्साङ’मा शेर्पा समुदायका पात्र निर्वाह गर्दैछन् ।

मेकरले कलाकारको पूर्ण लाइनअप पनि बाहिर ल्याएका छन् । फिल्ममा दयाहाङसँग अपोजिटमा देखिएकी सिर्जनाको यो भने डेब्यु फिल्म हो । यसबाहेक फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ ।

सिर्जनाले केही म्युजिक भिडियोमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनी हिमालय टिभीको कार्यक्रम ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेता समेत हुन् ।

राशि लिम्बू र सोहन थापा बाल कलाकार छन् । यम शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो । फिल्मको छायांकन मिति भने तोकिएको छैन । अहिले सिन्धुपाल्चोकको भोटेकोसी र बाह्रबिसे क्षेत्रमा फिल्मको छायांकन धमाधम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?