+
+

अर्जुन कुमार, दीपा बस्नेत र प्रकाश भट्टराईले पनि दिए बोर्ड अध्यक्षका लागि आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १२:१६

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिनेको संख्या ६ पुगेको छ । आवेदन दिने अन्तिम दिन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर थप तीनजना फिल्मकर्मीले दरखास्त हालेका छन् ।

मन्त्रालयका अनुसार फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेतले आवेदन दिएका हुन् ।

यसअघि दिनेशराज दाहाल (डीसी), राजेश थापा र करिश्मा मानन्धरले पनि आवेदन दिएका छन् । प्राप्त आवेदन योग्य छन् कि छैनन् भन्नेबारेमा रुजु गरिने मन्त्रालयले जनाएको छ ।

त्यसपछि उम्मेदवारको अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतिको तालिका प्रकाशन हुनेछ । सिफारिस समितिले बढीमा तीनजनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयले गर्ने सिफारिसको आधारमा कुनै एक जनालाई मन्त्रिपरिषद्ले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन मन्त्रालयले १५ दिनको मिति तोकेर सूचना प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?