+

खाना खानेबित्तिकै किन बढ्छ रगतमा चिनीको मात्रा ?

२०८१ साउन  ३१ गते १२:५७ २०८१ साउन ३१ गते १२:५७
खाना खानेबित्तिकै किन बढ्छ रगतमा चिनीको मात्रा ?

खाना खाएपछि रगतमा चिनीको मात्रा एक्कासि बढ्नु मधुमेहका बिरामीको सामान्य समस्या हो । कहिलेकाहीं यो समस्या आम मानिसमा पनि देखिने गर्छ ।

खाना खाएपछि रगतमा चिनीको मात्रा ह्वात्तै बढेको छ भने यो मधुमेहको प्रारम्भिक लक्षण हुनसक्छ ।  रगतमा चिनीको मात्रा अर्थात् ग्लुकोजको स्तरलाई नियन्त्रण गर्नु समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण छ ।

खाना खाएलगत्तै शरीरमा ग्लुकोजको मात्रा बढ्नुलाई ‘पोस्टप्रान्डियल हाइपरग्लाइसेमिया’ भनिन्छ । यसलाई समयमै सच्याइएन भने यो निकै गम्भीर समस्या बन्न सक्छ । परिस्थितिलाई सामान्य अवस्थामा राख्न रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।

खाना खाएपछि, रगतमा चिनीको मात्रा १४० देखि १८० मिलिग्राम प्रतिडेसिलिटरको बीचमा हुनुपर्छ । यद्यपि, यो उमेर र खानेबानीको आधारमा धेरै वा कम हुनसक्छ । कुनैपनि  खानेकुरा खाएपछि त्यो चिनी र ऊर्जामा परिणत हुन्छ । उच्च ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराले रगतमा चिनीको मात्रा बढाउँछ । भात, रोटी, चिनी र स्टार्चयुक्त खानामा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ । यसले रगतमा चिनीको मात्रा बढ्छ ।

कम ग्लाइसेमिक इन्डेक्स भएको खानेकुरा खाँदा रगतमा चिनीको मात्रा चाँडै बढ्दैन । साथै ब्लड सुगरलाई नियन्त्रणमा राख्न आफ्नो जीवनशैली सुधार गर्ने प्रयास गर्नुपर्छ, जस्तै- सन्तुलित आहार खाने र दिनभर आफूलाई सक्रिय राख्ने आदि ।

कम ग्लाइसेमिक इन्डेक्स भएको खानेकुरा

मधुमेहको समस्या छ भने दैनिक आहारमा कम ग्लाइसेमिक इन्डेक्सयुक्त खानेकुरा धेरै मात्रामा समावेश गर्नुपर्छ । हरियो सागपात, गेडागुडी र सलाद लगायत खानेकुरा खानुपर्छ ।

आफ्नो आहारमा उच्च ग्लाइसेमिक इन्डेक्स फुड समावेश गर्दा पनि तिनीहरूको मात्रामा ध्यान दिनुपर्छ ।  किनभने उच्च ग्लाइसेमिक खाना (पिज्जा, बर्गर, रोटी, भात) को खपतले शरीरमा सुगरको मात्रा बढ्छ । जसकारण खाना खाएपछि रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ ।

सीमित मात्रामा खाना

यदि धेरै मात्रामा खाएमा स्वस्थ खानाले पनि रगतमा चिनीको मात्रा बढाउन सक्छ । त्यसैले खानाको मात्रामा पनि ध्यान दिनुपर्छ । साथै खानामा कार्बोहाइड्रेटको मात्रा नियन्त्रण गर्नुपर्छ । खानेकुरा सानो प्लेटमा खानुपर्छ वा क्यालोरी मापन गरेर खानुपर्छ । यसो गर्दा रगतमा चिनीको स्तर नियन्त्रण गर्न सकिन्छ ।

खाना खाएपछि शरीरलाई सक्रिय राख्ने

शारीरिक गतिविधिले शरीरमा भएको ग्लुकोजलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्छ । खाना खाएपछि हल्का हिंडडुल गर्ने वा हल्का व्यायाम गर्नाले इन्सुलिन बढाएर र मांसपेशीहरूद्वारा ग्लुकोज अवशोषणलाई बढावा दिएर रगतमा चिनीको मात्रा घटाउन सक्छ । १०-१५ मिनेटको पैदल यात्राले पनि शरीरले खानापछि ग्लुकोज ह्यान्डल गर्ने तरिकामा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ ।

दैनिक आहारमा फाइबरयुक्त खाना समावेश गर्ने

फाइबर अर्थात् रेशादारयुक्त खानाले कार्बोहाइड्रेटको पाचन र अवशोषणलाई ढिलो बनाउँछ, रगतमा चिनीको मात्रा बिस्तारै वृद्धि हुन्छ । घुलनशील फाइबर, विशेषगरी खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न प्रभावकारी हुन्छ । रगतमा चिनीको मात्रालाई स्थिर राख्न आफ्नो आहारमा ओट्स, चिया सिड, हरियो तरकारी र फलफूल जस्ता फाइबर युक्त खानेकुराहरू समावेश गर्नुपर्छ ।

हाइड्रेटेड रहने

रगतमा चिनीको मात्रालाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । डिहाइड्रेसन (जलवियोजन)ले रगतमा चिनीको मात्रा बढाउन सक्छ । दिनमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । सक्रिय हुनुहुन्छ वा तातो हावापानीमा बस्नुहुन्छ भने पानीको मात्रा अझ बढाउनुपर्छ । हर्बल चिया र जीवनजल पानीले पनि शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्न सक्छ ।

गुलियो खानेकुरा र प्रशोधित खानेकुराको सेवन कम गर्ने

ब्लड सुगरलाई नियन्त्रणमा राख्न गुलियो पेय पदार्थ र प्रशोधित खानेकुराको सेवन कम गर्नुपर्छ । गुलियो पेय पदार्थ र प्रशोधित कार्बोहाइड्रेटको सेवनले रगतमा चिनीको स्तर नियन्त्रण बाहिर जान सक्छ । त्यसैले यस्ता खानेकुराको खपत कम गर्नुपर्छ ।

आहारमा स्वस्थ बोसो समावेश गर्ने

रगतमा सुगरको मात्रा नियन्त्रणमा राख्न स्वस्थ बोसोको उपभोग गर्नुपर्छ ।  ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट जस्ता अस्वस्थ्यकर खानाको उपभोग कम गर्नुपर्छ । स्वस्थ बोसोको स्रोतमा ओखर, बदाम जस्ता केही नटहरू समावेश गर्नुपर्छ । यस्तो खानेकुराले पाचन प्रक्रियालाई सुस्त बनाउँछ र लामो समयसम्म भोक लाग्दैन ।

एजेन्सीको सहयोगमा

खानेकुरा मधुमेह सुगर लेभल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?