+
+

भोजपुरका किसान बंगुरपालनतर्फ आकर्षित

रासस रासस
२०८१ साउन ३१ गते १३:२१

३१ साउन, टक्सार । भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा १६ लाख खर्चेर ‘सफलता कृषि तथा पशुपालन फार्म’ दर्ता  गरे । सुरुमा १० माउ पोथी र एउटा भाले बंगुरबाट फार्म सुरु गरे ।

सुरुआतमा बंगुर पालनले प्रतिफल नदिए पनि अहिले मुनाफा आर्जन भइरहेको सुवेदी बताउँछन् । उनको फार्मबाट बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन थालेपछि उनी उत्साहित भएका हुन् । उनले सबै खर्च कटाएर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए ।

स्थानीय जातको बंगुरभन्दा उन्नत जातको बंगुरबाट चाँडो आम्दानी लिन सकिने सुवेदीले बताए । उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बंगुर पालेका छन् । स्थानीय जातका बंगुरको अधिकतम् वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बंगुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ ।

खेतबारीमा रमाउने किसान सुवेदीले बंगुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन् । उनको खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट ५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य उनले राखेका छन् ।

सुवेदीजस्तै भोजपुरका पशुपलक किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बंगुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?