+
+

कोशीमा हेल्लो सिएम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १३:४५
मुख्यमन्त्री हिक्मतकुमार कार्की

३१ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हेल्लो सिएम सेवा सुरु गरेका छन् ।

यसअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७४ सालमा १५–१५ दिनमा समस्या सुन्ने भन्दै ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेका थिए । यो कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीले टेलिभिजन कार्यक्रममामार्फत आफ्ना कुरा राख्छन् ।

जनताको गुनासो व्यवस्थापनको लागि प्रदेशमा भिन्दै कक्ष राखिएको मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताए । सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने उनको भनाइ छ ।

जनताको जीउधन र विपद्सँग जोडिएका आपतकालीन काममा पनि यो प्रभावकारी हुने उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको छ ।

यस अन्तर्गत कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?