+
+

हलमा लागे ‘स्त्री २’ र ‘खेल मेल में’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १४:१८

काठमाडौं । बिहीबारदेखि नेपाली हलमा दुई विदेशी फिल्म रिलिज भएका छन् । भारतीय स्वतन्त्रता दिवसको अवसरमा श्रद्धा कपुर र राजकुमार राव स्टारर ‘स्त्री २’ तथा अक्षय कुमार र तापसी पन्नु अभिनित ‘खेल खेल में’ रिलिज भएका हुन् ।

अमर कौशिक निर्देशित ‘स्त्री २ : सरकटके आतंक’ले मध्यरातमा पुरुषलाई कब्जामा लिने ‘बोक्सी’को कथा भन्छ । मध्यरातमा लुगासहित एक्लै छाडिएका पुरुषलाई नियन्त्रणमा लिएपछि सिर्जना हुने रोचक कथावस्तु यसमा छ ।

यो फिल्म म्याडडक सुपरन्याचुरल युनिभर्सको पाँचौं श्रृंखला र सन् २०१८ को फिल्म ‘स्त्री’को दोस्रो श्रृंखला हो । हरर कमेडी जनरामा बनेको यो फिल्मको रनटाइम १५० मिनेट छ ।

बिहीबारै अर्को बलिउड फिल्म ‘खेल खेल में’ समेत रिलिज भएको छ । मुसदार अजिज निर्देशित यो फिल्मले रात्रिभोजका लागि भेला भएका साथीहरु र उनीहरुले खोल्ने रहस्यको कुरामा यसको कथावस्तु छ ।

यो कमेडी ड्रामा फिल्मको रनटाइम १३४ मिनेट छ । यो फिल्ममा अक्षय कुमार, तापसी पन्नु र एम्मी भिर्ककको अभिनय छ ।

शुक्रबार नेपाली फिल्म ‘बुलाकी’को पुनः प्रदर्शन हुँदैछ । लक्ष्मण सुनार निर्देशित यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट र सरस्वती खत्रीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?