+
+

के तपाईंको आइफोनमा लुकेका एपहरु छन् ? यसरी पत्ता लगाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १४:५४

के तपाई आफ्नो आइफोनमा कुनै लुकेका एपहरू छन् कि भनेर चिन्तामा हुनुहुन्छ ? वास्तवमा आइफोनमा लुकेका एपहरू भेट्टाउन गाह्रो हुन सक्छ र ती एपहरु प्रायः फोल्डरहरू वा अन्य स्क्रिनहरूमा लुकेर रहेका हुन्छन्।

तपाईले विभिन्न तरिकाहरुको प्रयोग गरेर ती लुकेका एप्लिकेसनहरु खोज्न सक्नुहुन्छ । जसमा सर्च फिचर, होम स्क्रीनको जाँच तथा आफ्नो एप लाइब्रेरी भेरिफाइ गर्ने लगायतका तरिका रहेका छन् । साथै एप लिमिट र प्यारेन्टल कन्ट्रोलको सेटिंग्स जाँच गर्दा पनि त्यस्ता लुकेका एप तथा प्रोग्रामहरु फेला पार्न सकिन्छ ।

यसले तपाईलाई आफ्नो आइफोनमाथि पूर्ण नियन्त्रण प्रदान गर्नेमात्र होइन कुनैपनि एप तपाईको नजरभन्दा बाहिर छैन भन्ने कुरा पनि सुनिश्चित गर्दछ।

चाहे प्रयोगकर्ताले जानाजानमा होस् वा भुलवस आइफोनमा एपहरू लुकाउन सम्भव हुन्छ। अनि त्यसरी लुकाइएका एपहरु फेला पार्न गाह्रो हुन सक्छ। अझ आइओएस १८ मा त लुकेका एपहरू पत्ता लगाउन झनै चुनौतीपूर्ण हुनेछ।

आइफोनमा एप किन लुक्छन् ?

त्यसका मुख्य रुपमा २ कारण हुनसक्छन् । तपाईले कुनै संवेदनशील एप अरुले नदेखुन् भनेर नियतबस लुकाउनु भएको हुनसक्छ । त्यस्तै कसैले गोप्य रुपमा तपाईको आइफोनमा कुनै एप इन्स्टल गरेर लुकाइदिएको हुनसक्छ। यद्यपि दोश्रो कारण चाहीँ एप्पलको बलियो सुरक्षा व्यवस्थाका कारण असम्भवप्रायः हुन्छ।

तर यदि कोही व्यक्तिले तपाईको एप स्टोरको पासवर्ड फैला पार्यो त्यसले तपाईको आइफोनमा एप इन्स्टल गरेर लुकाउन सम्भव हुन्छ।

लुकेका एप पत्ता लगाउने तरिका

· एप लाइब्रेरी भित्र हेर्नेः कुनै एप तपाईको आइफोनको होमस्रकिनमा नदेखिएपनि त्यो एप लाइब्रेरीमा रहेको हुनसक्छ। यसमा जानका लागि तपाईले होमस्क्रिनमा दायाँतर्फ स्वाइप गर्नुपर्छ। त्यहाँ एपहरु विभिन्न विधामा वर्गीकृत भएर रहेका हुन्छन् । साथै तपाईले तलपट्टी स्वाइप गरेर इन्स्टल भएका सबै एपहरु वर्णानुक्रम अनुसार पनि हेर्न सक्नुहुन्छ।

· एप स्टोरमा खोज्नेः यदि तपाईलाई कुनै एप होमस्क्रिनबाट हराएको कुरा आशंका छ भने त्यो एप भुलवस अनइन्स्टल भएको हुनसक्छ वा कतै लुकेको हुनसक्छ। त्यसैले त्यो थाहा पाउनका लागि एप स्टोरमा जानुहोस् र आफ्नो अकाउन्ट आइकनमा ट्याप गर्नुहोस् । त्यहाँबाट तपाईले कुनैपनि एप इन्स्टल भए नभएको भनेर खोजेर हेर्न सक्नुहुन्छ। साथै यदि उक्त एप अनइन्स्टल भएको भए पुनः इन्स्टल पनि गर्न सक्नहुन्छ।

आइओएस १८ मा लुकेको एप खोज्ने तरिका

आइओएस १८ रिलिज भएसँगै लुकेका एप खोज्ने काम झनै सुरक्षित हुनेछ । यसका लागिः

· Hidden App Folder मा जानेः यसका लागि सुरुमा एप लाइब्रेरीमा जानुहोस् र हिडन एप फोल्डर खोज्नुहोस् । यहाँ तपाईले फेस आइडीको प्रयोग गरेर प्रमाणीकरण गरेपछि मात्रै सामाग्री हेर्न सक्नुहुन्छ।

·Face ID को प्रयोगः हिडन एप फोल्डरमा गइसकेपछि तपाईले सुरक्षित रुपमा त्यहाँका एपहरु हेर्न र व्यवस्थापन गर्न सक्नुहुन्छ। ती एपहरु तपाईको फेस आइडीबाट सुरक्षित हुन्छन् र बाहिरी व्यक्तिले ती चलाउन सक्दैन।

लुकेका एपहरु कसरी देखाउने ?

·App Library बाटः एप आइकनमा केहीबेर थिच्नुहोस र त्यसपछि देखिने Add to Home Screen छान्नुहोस्।

· Hidden App Folder बाटः यसका लागि पनि माथि दिइएकै विधि प्रयोग गर्नुहोस् । यसो गरिसकेपछि लुकेको एप आइफोनको होमस्क्रिनमा देखिनेछ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?