
३१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित दुई वटा मनिचेन्जर कम्पनीको इजाजतपत्र रद्द भएको छ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रालि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रालिको इजाजतपत्र रद्द गरेको हो ।
विभागले जारी गरेको सूचना अनुसार ती दुई कम्पनीले नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको उल्लेख छ ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4