+
+

परराष्ट्रमन्त्री आरजु आउँदो हप्ता भारत जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १७:१८

३१ साउन, काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् ।

उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । ‘भारतका विदेश सचिवले भारत भ्रमणको निम्तो दिएका थिए । आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण गर्ने तयारी छ’, परराष्ट्र स्रोतले भन्यो ।

२७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?