+
+

माओवादीमा शृङ्खलाबद्ध बैठक, उपमहासचिवसम्मका पदाधिकारी प्रदेशमा जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १७:२४

३१ साउन, काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकअघि शृङ्खलाबद्ध बैठक गर्ने भएको छ ।

स्थायी समितिको बिहीबार सकिएको बैठकले असोज पहिलो साता केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो । त्यसअघि सातै प्रदेशमा बैठक हुनेछ, जसमा अध्यक्षदेखि उपमहासचिवसम्मका सबै पदाधिकारी जानेछन् ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार बागमतीमा भदौको ५–६, उपत्यका विशेष प्रदेशमा ७–८ गण्डकीमा ९–१०, सुदूरपश्चिममा १२–१३, कर्णालीमा १४–१५ गते बैठक बस्नेछ ।

लुम्बिनी प्रदेशमा भदौको १६–१७, केन्द्रीय आयोगहरुको १८ गते, मधेशमा २२–२३, कोशीमा २४–२५, जबज मोर्चाको २७–२८ र सल्लाहकार, कम्युनिष्ट मञ्च लगायतको २९–३० गते बैठक हुनेछ ।

‘त्यहाँ उपमहासचिवसम्मका पदाधिकारीहरु जानुहुन्छ, केन्द्रको निर्णय पनि सम्प्रेषण गर्छौं, उहाँहरुलाई पनि सुन्छौं’ सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?