+
+

आईएमईका सीईओ पौडेलले सम्हाले कार्यभार

रेमिट्यान्स सेवालाई सुलभ बनाउने प्रतिबद्धता

आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १७:४७

काठमाडौं । आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् ।

मर्जरपछि आईएमई  र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।

जीएमई रेमिटको  स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलसँग रेमिट्यान्स क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ ।

जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिट्यान्स सेवा प्रदान गर्न थप योगदान दिने बताए ।

समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाई थप तीव्रता दिने उनले बताए ।

डिजिटल रेमिट्यान्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र  डिजिटल रेमिट्यान्स तर्फको रुपान्तरणले आईएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने उनको प्रतिबद्धता छ ।

यसैगरी रेमिट्यान्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने र रेमिट्यान्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?