+
+

किस्टमा चिकित्सक दुर्व्यवहारको घटनाप्रति चिकित्सक संघको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १७:५०

३१ साउन, काठमाडौं । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

शल्यक्रिया गरिएको केही दिनपछि स्वास्थ्यमा जटिलता आई एक बिरामीको २६ साउनमा मृत्यु भएको विषयलाई लिएर केही व्यक्तिले आकस्मिक कक्षमा प्रवेश गरी चिकित्सकलाई अभद्र व्यवहार गरेको र अस्पतालको भौतिक संरचनामा क्षति पुर्‍याएको संघले जनाएको छ ।

अथक प्रयासको बाबजुद बिरामीको मृत्यु भएको भन्दै चिकित्सकले बिरामी पक्ष र प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि अस्पतालमा आक्रमण भएको संघका महासचिव डा. सञ्जीव तिवारीले जानकारी दिए ।

दोषीहरुको पहिचान गरेर कानुनको दायरामा ल्याउन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ बमोजिम कारबाही गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?