+
+

भक्तपुर घटनामाका मृतकको पहिचान खुलेन*

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १८:२१

३१ साउन, काठमाडौं। भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट ४०/४५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो १:४० बजेको समयमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एसपी राजन कार्कीका अनुसार अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको र उनको नाम थर ठेगाना खुलेको छैन । दुर्घटनास्थलमा भेटिएको कागजपत्रका आधारमा प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

*यसअघि प्रकाशित समाचारमा भुलवश गलत विवरण उल्लेख भएकाले क्षमा माग्दै सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?