+
+

दुई संसदीय समितिमा सर्वसम्मत सभापति चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १८:३१

३१ साउन, काठमाडौं ।  संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा एमाले सांसद ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत चयन भए ।

उनीहरुलाई बिहीबार नै सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथपछि सभामुख घिमिरेले नवनिर्वाचित सभापतिलाई बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गरे ।

शपथपछि सञ्चारकर्मीसँगको कुराकानीमा नवनिर्वाचित सभापतिहरुले समितिको कार्यक्षेत्रभित्र रहेर उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?