+
+

कान्तिपुर सिटी कलेजले शुक्रबार र शनिबार ‘केसीसी एक्जिबीट–२०२४’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १९:१७

३१ साउन, काठमाडौं। काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले १७औं ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले शुक्रबार र शनिबार प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ ।

कलेजका अनुसार प्रदर्शनीमा कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने कान्तपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले जानकारी दिए ।

उनका अनुसार कलेज प्राङ्गनमा आयोजना हुने ‘इनोभेट, एक्जिबीट, इन्स्पायर’( आविष्कार, प्रदर्शन, उत्प्रेरणा) नारा रहेको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

प्रदर्शनीमा राखिने नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विदाउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल लगायतका प्रोजेक्ट रहनेछन् ।

यसैगरी आइटीतर्फ एआईको प्रयोगलगायत विविध विधाका३० भन्दा बढी स्टल रहने कार्यक्रम उपसंयोजक सरोज पाण्डेले बताए ।

उनका अनुसार फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम र ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गर्नेछन् । प्रदर्शनीमा १२ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको उनको दाबी छ ।

प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक राजीव तिमल्सिनाले बताए ।

दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए । उनको भनाइ अनुसार प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शिर्षकमा सम्मेलन समेत हुनेछ ।

कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?