+
+

ब्रिटिस कलेजलाई ‘ग्रिनिङ एजुकेसन पार्टनर’ को मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १९:२५

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेसन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को दिगो विकासका लागि शिक्षा अन्तर्गत यस विश्वव्यापी साझेदारीले शिक्षाको माध्यमबाट जलवायु संकटलाई सम्बोधन गर्ने लक्ष्य राख्दै व्यक्तिगत र सामाजिक रूपान्तरण ल्याउन आवश्यक पाठ्यक्रमको परिवर्तन समर्थन गर्ने कलेजले जनाएको छ ।

ब्रिटिस कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआई) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणाम स्वरूप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) बाट यो मान्यता पाएको हो ।

हरित शिक्षा प्रवर्द्धनमा ब्रिटिस कलेजको प्रयास तथा दृढ संकल्पको आधारमा गरिएको मूल्यांकन प्रक्रिया पछि यस मान्यता प्रदान गरिएको कलेजले जनाएको छ ।

ब्रिटिस कलेज नेपालमा यो मान्यता प्राप्त गर्ने पहिलो कलेज भएसँगै आफूलाई वातावरणीय रूपमा सचेत शिक्षणमा अग्रगामीको रूपमा स्थापित गरेको कलेजको भनाइ छ ।

यस मान्यतासँगै ब्रिटिस कलेजले युनेस्कोको विभिन्न स्रोतहरू जस्तै : ज्ञान प्राप्त गर्ने, विभिन्न कार्यक्रममा सहभागिता, परामर्श लगायत अवसरहरूमा पहुँच प्राप्त गरेको छ।

त्यसैगरी कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरूसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको कलेजले जनाएको छ ।

कलेजको उपलब्धिपछि प्रक्रिया दिँदै बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले सस्टेनेबिलिटी र ग्रिन एजुकेसनबारे आफूहरूको शैक्षिक संस्थाको साझा दृष्टिकोण रहेको बताइन् । कलेजका लागि यो उपलब्धि महत्वपूर्ण भएको भन्दै उनले आगामी दिनमा पनि यस्तो कार्यलाई बढावा दिन बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?