+
+

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते २०:४५

३१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचना मार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?