+

अन्तिम ८ रन बनाउन ५ विकेट गुमाएपछि अमेरिका पराजित

२०८१ साउन  ३१ गते २२:४५ २०८१ साउन ३१ गते २२:४५
अन्तिम ८ रन बनाउन ५ विकेट गुमाएपछि अमेरिका पराजित

३१ साउन, काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिकाले अन्तिम ८ रन बनाउन ५ विकेट गुमाएपछि नेदरल्यान्ड्ससँग १९ रनले हार्न पुगेको छ । जित्नलाई २३८ रनको लक्ष्य पछ्याएको अमेरिका ४९.५ ओभरमा २१८ रनमा अल आउट भयो ।

मध्यक्रमका ब्याटर मिलिन्द कुमार ७९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६९ रन बनाए । छैटौं विकेटलाई साड्ली भान र मिलिन्द कुमारले ६८ रनको साझेदारी गरेपछि अमेरिका एक समय ४३.२ ओभरमा २१०–५ को बलियो अवस्थामा थियो ।

कायल केलिनको बलमा कुमार भिभियन किंग्माबाट क्याच आउट भएपछि अमेरिकाले तल्लोक्रममा अप्रत्याशित विकेट गुमाएको थियो । स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए ।

पहिलो ओभरमै स्टिभन टेलर र कप्तान मोनांक पटेललाई शून्यमा गुमाएको अमेरिकालाई तेस्रो विकेटका लागि आरोन जोन्स र स्मित पटेलले ८५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
नेदरल्यान्ड्सका भिभियन किंग्मा ३, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले २–२ विकेट लिए ।

त्यसअघि स्पोर्टपार्क वेस्टभिलेटमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली नेदरल्यान्ड्सले ५० ओभरमा ७ विकेट गुमाउँदै २३७ रन जोडेको थियो । कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए । विक्रमजित सिंहले ८३ बलमा ४ चौकासहित ५९, म्याक्स ओडाउड ४९, माइकल लेभिट १०, शरिज अहमद १६ र कायल केलिनले १८ रन बनाए ।

अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए । यस सिरिजमा नेदरल्यान्ड्स, क्यानडा र अमेरिकाबीच प्रतिस्पर्धा भएको छ ।

८ टोली सहभागी लिग–२ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् ।

स्कटल्यान्ड ७ खेलमा ४ मा जित र २ मा हारसहित ९ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ६ खेलमा ४ मा जितसहित ८ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।
क्यानडा ६ खेल र नामिबिया ८ खेलमा समान चार जितका साथ क्रमश दोस्रो र चौथो स्थानमा छन् ।

ओमान ४ खेलमा ३ अंकका साथ पाँचौं र अमेरिका २ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । नेपाल भने ४ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । यूएई तीन खेलमा अंक विहीन छ ।
नेपाल, क्यानडा र ओमानबीच आगमी सेप्टेम्बरमा लिग २ मा प्रतिस्पर्धा हुनेछ ।

अमेरिका आईसीसी विश्वकप लिग–२ सिरिज नेदरल्यान्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय