+

ला लिगामा पहिलो दिन दुवै खेल बराबर

२०८१ साउन  ३२ गते ७:४० २०८१ साउन ३२ गते ७:४०
ला लिगामा पहिलो दिन दुवै खेल बराबर

३२ साउन, काठमाडौं । बिहीबारदेखि सुरु भएको स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२ ५ को पहिलो दिन दुवै खेल बराबरीमा सकिएका छन् ।

लिगको पहिलो खेलमा एथ्लेटिक बिल्वाओ र गेटाफेले १-१ को बराबरी खेलेका छन् । ओइहान सान्सेटको २७औं मिनेटमा गोलले गर्दै  बिल्वाओलाई पहिले अग्रता दिलाएका थिए । तर, गेटाफेका क्रिससान्टोस उचेले ६४ औं मिनेटमा बराबरी गोल गरे ।

गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा लिग सकाएको जिरोनाले पहिलो खेलमा रियल बेटिससँग १-१ कै बराबरी खेलेको छ । बेटिसले सुरुवाती अग्रता लिए पनि जिरोनाले बराबरी गोल फर्काएको हो ।

खेलको छैटौं मिनेटमा मार्क बार्ताले  गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर ग्याब्रिएल मिसहोयले ७२ औं मिनेटमा जिरोनाका लागि बराबरी गोल फर्काए ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय