+
+

माउन्टेन इनर्जीको नाफा ४५ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते ८:४१

३२ साउन, काठमाडौं । माउन्टेन इनर्जी नेपालको नाफा ४५ प्रतिशत घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २० करोड ३६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा ३७ करोड ५२ लाख रुपैयाँ थियो ।

मुख्यतः विद्युत् बिक्री आम्दानी घट्दा कम्पनीको नाफामा असर पारेको देखिन्छ । विद्युत् बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब १८ करोड रहेकोमा गत आर्थिक वर्षमा ९७ करोड ६२ लाख रुपैयाँ मात्रै रह्यो ।

ब्याज घट्दा वित्तीय लागत घटेको छ । यस्तो लागत अघिल्लो आवमा २९ करोड ५६ लाख रहेकोमा गत आवमा २६ करोड ८८ लाख रुपैयाँ छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी ८ रुपैयाँ ९९ पैसामा झरेको छ । अघिल्लो वर्ष १९ रुपैयाँ ७ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७८६ रुपैयाँ छ ।

कम्पनीले ५ मेगावाटको टाडीखोला र ४२ मेगावाटको मिस्त्रीखोलाबाट विद्युत् उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?