+
+

भदौमा पनि घट्यो ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १९:२६

३२ साउन, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् ।

२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।

१२ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झरेको छ ।

साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.४१ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।

संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ बाट ५ प्रतिशतमा झारिनु, ब्याजदर करिडोरको माथिल्लो सीमा ७ बाट ६.५ प्रतिशतमा झारिनुले भदौमा बैंकहरुलाई ब्याजदर घटाउन बल पुग्यो ।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर कति ?

बैंक साउनको ब्याजदर भदौको ब्याजदर
कृषि विकास ६.२९ ६.०६५
राष्ट्रिय वाणिज्य ६.२१ ६.०७
नेपाल एसबीआई ६.३ ६.२५
लक्ष्मी सनराइज ६.५ ६.५
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.७१ ६.७१
प्राइम ६.५ ६.७५
नेपाल ६.२५ ५.२५
सानिमा ६.४ ६.२
सिटिजन्स ६.७५ ६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा ६.५
सिद्धार्थ ६.७५ ६.५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ्रे
प्रभु ६.१
एनएमबी ७.५३ ७.४१
एनआईसी एसिया ७.५३ ७.४१
हिमालयन ७.५
एभरेस्ट ६.३ ६.१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?