
३२ साउन, हेटौंडा । कर वृद्धिको विरोधमा हेटौंडा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन्। मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर साँचो बुझेका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् । मेयर र उपमेयरले केही प्रतिनिधिभित्र आउन गरेको आग्रह अस्वीकार गर्दै व्यवसायीहरूले बाहिरै आएर साँचो बुझ्न आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4