
काठमाडौं । फिल्म ‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ बोलको सार्वजनिक भएको छ । गीतमा लक्ष्मण सुवेदीको लेखन, दीपक शर्माको संगीत, प्रताप दास र दीपा लामाको स्वर छ ।
गीतमा अभिनेत्री मलिका महत र अभिनेता सन्दिपबाबु लोहनीको रोमान्टिक अवतार हेर्न सकिन्छ । हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटाको अभिनय पनि फिल्ममा छ ।
सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको यो फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी छ ।
फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । नारीप्रधान यो फिल्म भदौको ७ गतेबाट रिलिजमा आउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4