
३२ साउन, काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । साउन २९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो ।
शुक्रबार सुनको भाउ घट्दा चाँदी भने बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4