+
+

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १३:२८

३२ साउन, काठमाडौं ।  शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।

अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् ।

प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तीव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको बुझिएको छ ।

बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो । बर्मा दक्षिण एसियाका बारेमा राम्रो जानकारी राख्ने अधिकारी मानिन्छन् । उनी यसअघि भारतका लागि अमेरिकी राजदूत समेत बनिसकेका थिए ।

बर्माको भ्रमणमण्डल नेपाल हुँदै भारत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?