+
+

भारतमा ‘स्त्री २’ को ओपनिङ ५४ करोड भारु, ‘कल्की’ र ‘फाइटर’लाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १२:०७

काठमाडौं । श्रद्धा कपुर र राजकुमार राव स्टारर हरर-कमेडी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा पहिलो दिन बिहीबार आक्रामक ओपनिङ गरेको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको फिल्मको ओपनिङ सन् २०२४ मा धेरै रहेको इण्डिया टुडेले उल्लेख गरेको छ । फिल्मले पहिलो दिनमै अपेक्षाभन्दा बढी कलेक्सन गरेको हो ।

बलिउड ट्रेड विश्लेषकले ओपनिङ ४० करोडभन्दा माथि हुने प्रक्षेपण गरेका थिए । सन् २०१८ को फिल्म ‘स्त्री’को यो दोस्रो श्रृंखलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ ।

बुधबारको स्पेसल ओपनिङ प्रिमियरबाट मात्रै फिल्मले ८ करोड भारु कमायो । आधिकारिक रिलिजको दिनमा फिल्मको कमाइ ४६ करोड रह्यो । कुल मिलाएर यसको कलेक्सन ५४.३५ करोड भारु रह्यो ।

यो कलेक्सन अघिल्ला हिट फिल्म ‘कल्की २८९८ एडी’ र ‘फाइटर’को ओपनिङ भन्दा पनि बढी हो । बिहीबारै रिलिज भएका अक्षय कुमारको ‘खेल मेल में’ र जोन अब्राहमको ‘वेदा’लाई पनि पार्दै ‘स्त्री २’ अघि निस्किएको हो ।

अमर कौशिक निर्देशित ‘स्त्री २’ मा राजकुमार र श्रद्धा मौलिक भूमिकामा छन् । यो फिल्मको कथावस्तु चन्देरीको वरपर घुम्छ । यो ठाउँ अहिले डरलाग्दो सरकटा (शिर काटिएको राक्षस)बाट पीडित छ ।  सहरबासीले फेरि एकपटक स्त्रीको सहायता खोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?