+
+

‘छक्कापञ्जा ५’ अमेरिका र क्यानडामा फूलपातीमै, मध्यपूर्वका ४ देशमा एक सातापछि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १२:२०

काठमाडौं । नेपालमा दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘छक्कापञ्जा ५’ को उत्तर अमेरिका र मध्यपूर्वको प्रदर्शन मिति टुंगो लागेको छ ।

अमेरिका र क्यानडाका दर्शकले दीपाश्री निरौला निर्देशित फिल्मलाई नेपालसँगै अक्टोबर १० मा हेर्न पाउनेछन् । वितरण कम्पनी नेपाल एलेभेन इन्टरटेनमेन्टले उक्त मितिमा फिल्म अमेरिका र क्यानडाका सबै हलमा रिलिज हुने जनाएको हो ।

‘नर्थ अमेरिकाका सबै बक्स अफिस हलमा फिल्म लाग्ने निश्चित भएको छ’ कम्पनीका प्याट्रिक सुवेदीले भने, ‘यहाँका दर्शकले पनि दशैं मनाउँदै फिल्म हेर्न पाउनेछन् ।’

यो फिल्म मध्यपूर्वका मुलुक भने नेपाल रिलिजको एक सातापछि अक्टोबर १७ मा रिलिज हुनेछ । वितरण कम्पनी नेप-फिल्म्सका अनुसार यूएई, कतार, बहराइन र ओमानमा उक्त मितिमा फिल्म चल्नेछ ।

कुवेतको प्रदर्शन मिति तय हुन बाँकी छ । अहिलेसम्म ‘छक्कापञ्जा ५’ को अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिका, मध्यपूर्व, युरोप, बेलायत र जापानमा बिक्री भइसकेको छ । अस्ट्रेलियामा भने बिक्री हुन बाँकी छ ।

सकभर भारतमा फूलपातीकै दिनमा रिलिजको तयारी भइरहेको जनाइएको छ । यो फिल्ममा दीपकराज गिरी, वर्षा सिवाकोटी र केदार घिमिरेको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?