+
+

साढे १ करोड लगानीमा कुखुरापालन

रासस रासस
२०८१ साउन ३२ गते १३:०२

३२ साउन, बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्मा अहिले कृषि फार्म चलाइरहेका छन् ।

शर्माको फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनी ३ हजार चल्ला थप्ने तयारीमा छन् ।

एक करोड ५० लाखको लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ ।

फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको ५ वर्ष भयो ।

सामूहिक रूपमा थालिएको फार्म पछिल्लो ३ वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका हुन् ।

‘कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, अन्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अन्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु,’ शर्माले भने ।

शर्माको फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन् । अहिले दैनिक ३ हजार अन्डा बागलुङमा खपत भइरहेको छ । ३ हजार कुखुरा हुर्काएर अन्डा दिने बनाउन २५ लाख रुपैयाँ लाग्ने उनी सुनाउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?