+
+

सबैभन्दा छिटो चार्ज हुने विद्युतीय कारको ब्याट्री बनाएको चिनियाँ कम्पनीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १३:१९

काठमाडौं । विद्युतीय कारको विश्व बजारमा चिनियाँ कम्पनीहरुले एकपछि अर्को सफलता प्राप्त गरिरहँदा सबैभन्दा तीव्र गतिमा चार्ज हुने विद्युतीय गाडीको ब्याट्री निर्माणमा पनि चीनले नै बाजी मारेको छ ।

चिनियाँ कार निर्माता कम्पनी जीकरले हालसम्मकै तीव्र गतिमा चार्ज हुने विद्युतीय गाडीको ब्याट्री निर्माण गर्न सफल भएको छ ।

जीकरका अनुसार उसले उत्पादन गरेको विद्युतीय कारको ब्याट्री अति तीव्र चार्जिङ स्टेशनको प्रयोग गरेर जम्मा साढे १० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

जबकि एलन मस्कको टेस्लाले भने आफ्नो मोडेल ३ कार १५ मिनेटसम्म चार्ज गरेपछि १७५ माइल गुडाउन सकिने बताउँछ । यो भनेको उक्त कारको कूल माइलेजको आधाभन्दा पनि कम हो । यस अर्थमा टेस्लाको मोडेल थ्री कार पूरा चार्ज हुन आधा घण्टाभन्दा पनि धेरै समय लाग्दछ ।

जीकरको २०२५ ००७ सेडान कार कम्पनीको नयाँ ब्याट्री सहितको पहिलो कार हुनेछ । यो कार आगामी हप्तादेखि बजारमा आउने बताइएको छ ।

सो कारमा राखिएको ब्याट्रीले चिसो मौसममा पनि राम्रोसँग काम गर्नसक्ने बताइएको छ । कम्पनीका अनुसार माइनस १० डिग्री सेल्सियस तापक्रम भएको बेलामा समेत यो ब्याट्री आधा घण्टाभन्दा कम समयमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

विश्लेषकका अनुसार सर्वाधिक तीव्र गतिमा चार्ज हुने विद्युतीय कारको ब्याट्री तयार पारेको जीकर कम्पनीको दाबी विश्वसनीय छ । उक्त ब्याट्री सबैभन्दा छिटो चार्ज हुने विद्युतीय गाडीको ब्याट्री नभए तापनि कम्पनीले अहिलेसम्म मारेको फड्को भने महत्वपूर्ण रहेको छ ।

चीनमा विद्युतीय गाडीको बजार निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । यस्तो परिस्थितिमा बीवाईडी जस्ता ब्र्राण्डहरुले बिक्री र परिमाणमा ध्यान दिइरहेका बेला जीकर, ली तथा नियोजस्ता कम्पनीहरुले प्रयोगकर्ताको चार्जिङ अनुभवलाई बढाउने कोसिसमा छन् ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?