+
+

वैज्ञानिकको खुलासा : मान्छेको जीवनमा दुई पटक आउँछ बुढ्यौली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १३:४८

काठमाडौं। अचानक एक दिन तपाइँले देख्नुहुन्छ कि आफ्नो अनुहारमा चाउरी परिरहेको छ । सरीरमा दुखाई भइरहन्छ अनि थकान र कमजोरीको अनुभव हुन्छ। के बुढ्यौलीका यस्ता लक्षणहरु कुनै दिन झ्वाट्टै हुने कुरा हुन् कि जीवनमा विस्तारै परिवर्तन हुन्छ ? वैज्ञानिकहरुले यसको रहस्य पत्ता लगाएका छन् ।

स्टानफोर्ड विश्वविद्यालयस्थित सेन्टर फर जिनोमिक्स एण्ड पर्सनलाइज्ड मेडिसिन विषयका प्राध्यापक माइकल स्नाइडरले यस विषयमा गहन अध्ययन गरेका छन् । उनका अनुसार मानिस बिस्तारै बिस्तारै बुढो भइरहेको हुँदै न। कुनै समय यस्तो आउँछ जब यो प्रक्रिया तीव्र बन्दछ ।

उनले २५ देखि ७५ वर्ष उमेरका मानिसहरुमा अध्ययन गरे । उनलाई थाहा थियो कि ७५ वर्षसम्म जिउने व्यक्तिको जिवनमा दुईवटा यस्ता वर्ष आउँछन् जहाँ सो व्यक्तिमा बुढ्यौलीको लहर तीव्र बन्दछ । बुढ्यौलीको पहिलो लहर ४४ वर्षमा र दोश्रो लहर ६० वर्षमा आउने शोधकर्ताको ठहर छ ।

यी दुवै वर्षमा विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्न थाल्दछन् । जसमा मांशपेशी, हड्डी, मुटु तथा फोक्सो सम्बन्धी समस्या रहेका छन् । ४० देखि ४९ वर्षको उमेर धेरै नै नाटकीय हुन्छ । यस्तै नै ६० वर्षको उमेरमा पनि हुन्छ ।

नेचर एजिंग जर्नलमा हालै प्रकाशित रिपोर्ट अनुसार उक्त अध्ययनका क्रममा १०८ जना स्वयंसेवीलाई समावेश गराइएको थियो । उनीहरुले आफ्नो रगत, मल र छालाको नमुना दिएका थिए। साथै उनीहरुको मुख र नाकबाट पनि स्वाब निकालिएको थियो । ती मानिसहरुबाट पूरै ७ वर्षसम्म उल्लेखित नमूनाहरु संकलन गरिएको थियो, हरेक महिना ।

यसबाट वैज्ञानिकहरुले १ लाख ३५ हजार वटा फरक फरक अणु प्राप्त गरेका थिए । जसमा आरएनए, प्रोटिन तथा मेटाबोलाइट्स रहेका थिए । साथै ती नमूनामा ब्याक्टेरिया, भाइरस तथा ढुसी जस्ता सुक्ष्म जीव पनि थिए ।

अधिकांस अणु तथा सुक्ष्म जीव (माइक्रोब्स) हरु कुनै निर्धारित तरिकाबाट वृद्धि भइरहेका थिएनन् । त्यसमा कुनै समयसारिणी पनि थिएन । तर, नमूना निकालिएका व्यक्तिहरुमध्ये जो ४० औँ तथा ६० औँ वर्षका थिए उनीहरुको कण तथा माइक्रोब्समा तीव्र रुपमा परिवर्तन भइरहेको थियो ।

महिलाहरुमा आफ्नो उमेरका ४० को दशकमा आउने परिवर्तन खासगरी रजश्वला चक्र रोकिनु पूर्वको अवस्थाका कारणले पनि हुन्छ । पुरुषहरुमा शारीरिक परिवर्तन चाहिँ महिलाको जस्तै हुन्छ, फरक भनेको केवल रजश्वला चक्र हो ।

महिलामा रजश्वला चक्र रोकिनुपूर्वको अवस्था अर्थात् प्रिमेनोपोज ४० दशकको उमेरको मध्यतिर हुन्छ । त्यस्तै पुरुषमा ४०औँ वर्षको दशकमा विभिन्न खालका परिवर्तन देखिन्छन् । जसका कारण पुरुषले पनि यस्ता खालका बुढ्यौलीका लहर झेल्नु पर्दछ ।

पहिलो लहर अर्थात् ४४ वर्षमा जुन परिवर्तन हुन्छ, त्यो काडियोभास्कुलर अर्थात् मुटु तथा रक्तनली सम्बन्धी समस्याका कारण आउँछ । क्याफिन, अल्कोहल तथा लिपिडका कारणले गर्दा पनि यस्तो हुन्छ ।

दोश्रो लहर अर्थात् ६६ वर्षमा जुन परिवर्तन आउँछ त्यो रोग प्रतिरोधी प्रणाली कमजोर हुनाले, कार्बोहाइड्रेट मेटाबलिज्म तथा मिर्गौला सम्बन्धी समस्याहरुका कारणले गर्दा हुने गर्दछ ।

छाला तथा मांसपेशीसँग सम्ब्न्धित अणुहरु ४४ औँ तथा ६० औँ वर्षको दुबै उमेरमा परिवर्तन हुने गर्दछन् । जसका कारण अनुहार चाउरी पर्ने, दुखाई महसुस हुने तथा कमजोरी महसुस हुने गर्दछ । जुन ६० को दशकमा अल्जाइमर, कार्डियोभास्कुलर रोग आदिमा परिणत हुन्छ । त्यसमा सरीरका अन्य समस्याहरु पनि जोडिन्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?